आज सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ७ सय रहेको थियो भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन तोलाको ८९ हजार २ सय ६५ मा कारोबार भइरहेको छ । त्यसैगरि चाँदीको मूल्य आज प्रतितोला ९२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।






















