evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

सरकारले एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्न गठन गरेको समितिले आजैदेखि छानबिनको काम थाल्दै 

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । सरकारले एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्न गठन गरेको समितिले आजैदेखि छानबिनको काम अघि बढाउने बताएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गरे लगत्तै सिंहदरवार पुगेका संयोजक टङ्कमणि शर्माले आजैबाट काम सुरु गर्ने बताएका हुन् ।

सरकारले दिएको निर्धारित समयभित्र काम सम्पन्न गर्नका लागि समितिले आजैदेखि काम अघि बढाउने उनको भनाइ छ।

मन्त्रिपरिषद्को बैठकले समितिलाई एनसेलको सेयर खरिद बिक्री विवादबारे अध्ययन गरी १ महिनाभित्र प्रतिवेदन बुझाउन समय दिएको छ ।

पूर्व महालेखा परीक्षक शर्माको संयोजकत्वमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहेका छन् ।

igi long
himalayan life insurance long ad