पानीको बोतल किन्दा प्रहरी नै ठगिएपछि…
काठमाडौँ । काठमाडौंको कमलादीमा एक मिठाई पसल ड्युटीमा रहेका प्रहरीबाटै खानेपानीको बोतललाई दोब्बर मूल्य लिएपछि कारबाहीमा परेको छ ।
काठमाडौं महानगरपालिकाको कार्यालयन जिकैको सजनगोठले पानीको बोतललाई ४० रुपैयाँका दरले बेच्दै आएको थियो ।
बुधबार पानी किन्न पुगेका दुई ट्राफिक प्रहरीलाई समेत पसलले प्रतिबोतल ४० रुपैयाँका दरले लिएका थिए ।
प्रतिबोतल १५ देखि २० रुपैयाँसम्म पर्ने पानीको मूल्य ४० रुपैयाँ लिएपछि ट्राफिक प्रहरीले पसल सञ्चालक सजनगोठका सञ्चालकलाई समातेर महानगरपालिकाको कार्यालय पुर्याइदिएका थिए ।
नगर प्रहरीले पसल सञ्चालक सजनगोठसँग १० हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।