citizens life insurance long ad
stcnepal long ad

पोर्चुगलका लागि नेपाली राजदूतमा सिफारिस सनिल नेपालको सुनुवाइ भोलि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पोर्चुगलका लागि नेपाली राजदूतमा सिफारिस सनिल नेपालको सुनुवाइ भोलि हुने भएको छ । संसदीय सुनुवाइ समितिले भोलि सुनुवाइ गर्ने निर्णय गरेको हो ।

भोलि दिउँसो साढे दुई बजेबाट सुनुवाइ सुरु हुने छ । सुनुवाइ अघि समितिले उजुरीकर्तासँग छलफल गर्ने छ । उनीविरुद्ध एउटा उजुरी परेको छ ।

पोर्चुगलमा पहिलोपटक दूतावास खुल्न लागेकाले त्यहाँको वस्तुस्थितिबारे पनि समितिले परराष्ट्र मन्त्रीसँग छलफल गर्ने भएको छ ।

न्यायाधीशहरुको सुनुवाइ प्रक्रियाबारे भने समितिले भोलि निर्णय गर्ने छ । न्यायाधीशविरुद्ध आएका उजुरी समिती सदस्यलाई वितरण गरिएको छ ।

राजदूतविरुद्ध एक र न्यायाधीश विरुद्ध दसवटा उजुरी परेका छन् । न्याय परिषद्ले ५ मंसिरमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीश पदमा सिफारिस गरेको थियो ।

IME Life
kumari