macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

मधेश प्रदेशमा बीमा प्राधिकरणको छलफल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले महोत्तरी जिल्लाको बर्दिबास क्षेत्रमा रहेका जीवन, निर्जीवन तथा लघु बीमकका प्रदेश प्रमुख तथा शाखा उपशाखा प्रमुखहरुसंग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले मंसिर २० गते महोत्तरी जिल्लाको बर्दिबासमा रहेका जीवन, निर्जीवन तथा लघु बीमकका प्रदेश प्रमुख तथा शाखारउपशाखा प्रमुखहरुसंग छलफल गरेको हो ।

छलफलका क्रममा मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले बीमकको शाखा तथा उपशाखामा रहेका समस्याहरुका बारेमा जानकारी लिएर उक्त समस्याहरुको समाधान गर्न मार्गदर्शन दिईन् ।

साथै, उनले बीमकको शाखा तथा उपशाखाले अभिकर्ताहरुको तालिमलाई प्रभावकारी बनाई बीमा सम्बन्धी पर्याप्त ज्ञान भएको दक्ष अभिकर्ता भित्र्याउनु पर्ने, शाखा तथा उपशाखा पालिकाको निरन्तर रुपमा सम्पर्कमा रहनु पर्ने साथै बीमक सहर केन्द्रित मात्र नभई प्रत्येक गाउँ–गाउँमा गई बीमाको साक्षरता अभिवृद्धि गरि दायरा विस्तारको क्षेत्रमा काम गर्न र प्राधिकरणको नीति, नियम र परिधि भित्र रहि कार्य गर्न निर्देशन समेत दिईन् ।

himalayan life insurance
igi long
NTA long ad