citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

कोरोना भाइरस रोकथाम उच्चस्तरीय समन्वय समिति खारेज

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति खारेज भएको हो । सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ ।

कोरोना विरुद्दको अभियानमा लड्न धेरै वटा निकाय हुँदा काम गर्न असजिलो भएको भन्दै मन्त्रीहरुले मन्त्रिपरिषद् बैठकमा एउटै निकायबाट काम गर्न सजिलो हुने भन्दै सुझाव दिएका थिए ।

त्यसपछि सरकारले उच्चस्तरीय समिति खारेज गरेर समितिले गर्दै आएका कामहरु कोरोना कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मार्फत काम गर्ने निर्णय गरेको छ । तर उच्चस्तरीय समन्वय समिति खारेज नै गर्ने निर्णय भएर माइन्युट नै भने नलेखिएको तर हाललाई निष्क्रिय मात्रै राखिएकोे छ ।

सीसीएमसीको नेतृत्व पनि उपप्रधानमन्त्री पोखरेलले नै गर्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समन्वय समितिभन्दा सीसीएमसी मार्फत भएका काम नै प्रभावकारी हुने देखिएकोले सीसीएमसीमा ४ जना मन्त्रीहरु पनि थप गरेका छन् ।

चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा रक्षा, गृह, स्वास्थ्य र आपूर्ति मन्त्रालयको प्रतिनिधि रहने गरी कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) गठन गरेको थियो ।

gold
kumari bank