citizens life insurance long ad
stcnepal long ad

नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको (दर्ता प्रमाणपत्र) लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण भएका छन्।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठका अनुसार काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा सञ्चालन गरेको परीक्षामा ५१.३६ परीक्षार्थी मात्र उतीर्ण भएका हुन् ।

डा। श्रेष्ठका अनुसार १८३ परीक्षार्थीमध्ये ९४ जना अर्थात् ५१.३६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । ८९ परीक्षणर्थी अनुत्तीर्ण भएका छन् ।

छ जना परीक्षा दिन आउदा प्रवेशपत्रमा तोकिए अनुसारको परिचयपत्र नल्याएका कारण काउन्सिलले नतिजा रोक्का गरेको राजिष्ट्रार श्रेष्ठले जानकारी दिनुभयो।

परीक्षणको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले ३५ दिनभित्र पूनर्योगका लागि एक हजार पाँच सय दस्तुर बुझाई आफ्नो नाम, रोल नम्बर स्पष्ट लेखी काउन्सिलको इमेल मार्फत आवेदन गर्न सक्नेछन् ।

यस अगाडि गत साउन १२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८.३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । काउन्सिलले वार्षिक रुपमा तीनपटक विशेष परीक्षा सञ्चालन गर्दै आएको छ।

IME Life
kumari