citizens life insurance long ad
stcnepal long ad

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख पुरस्कार दिइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानमा ५ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको बताएका छन्।

नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको एक प्रतिनिधि मण्डलसँग आइतबार मन्त्रालयमा भएको छलफल पश्चात् मन्त्री किराँतीले उक्त कुरा बताएका हुन्।

‘भैरहवा र पोखराबाट जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान गर्ने गरी हामी लागिरहेका छौँ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई इनाम स्वरूप प्रत्येक उडानमा ५ लाख रुपैयाँ दिने तयारी गर्दैछौं, मन्त्री किराँतीले भने।

मन्त्री किराँतीले नेपाल वायुसेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताए। ‘हामीसँग अहिले जहाज कम छन्, अहिले जम्मा चारवटा मात्रै जहाज रहेकाले पनि केही समस्या भएको छ तर, भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान नगरी हुँदैन,’ उनले भने।

पर्यटन व्यवसायीको सकारात्मक सहयोगले सरकारलाई काम गर्न सहयोग मिल्ने मन्त्री किराँतीले बताए।

मन्त्री किराँतीले ४३ अर्ब बढी राज्यको लगानी रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर निजी क्षेत्रले ७० अर्ब बढी लगानी गरेको भन्दै त्यसप्रति आफू चिन्तित रहेको बताए।

मन्त्री किराँतीले आफू भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्दै सरकारी व्यवस्थापनमा केही समस्या आइहाले पनि निजी क्षेत्रसँग सहकार्य गरेर भएपनि विमान सञ्चालन गर्ने बताए।

IME Life
kumari