चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि यी १२ जनाको नाम प्रारम्भिक छनोटमा

काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त रहेको चार वटा निर्देशकको पदका लागि आवेदन दिएकामध्ये १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिष्ट)मा परेको छ।
आयोगको नाम सिफारसि समितिले आवेदन दिएका २० जनामध्ये सबैको विवरण अध्ययनपछि उच्च नम्बर प्राप्त गर्ने १२ जनालाई सर्ट लिष्ट गरेको हो।
सर्ट लिष्टमा परेका १२ जनालाई सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ। प्रस्तुतीकरण र अन्तर्वार्तामा उत्कृष्ट नम्बर ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन्।