citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

टिकटकमा प्रतिबन्ध लगाउने निर्णयलाई अदालतले रोके

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । टिकटकमा प्रतिबन्ध लगाउने निर्णयलाई अदालतले रोकेको छ। अमेरिकाको मोन्टाना राज्यको सो निर्णयलाई अदालतले रोकेको हो ।

मोन्टना जिल्ला अदालतका न्यायाधीश डोनल्ड मोलोयको इजलासले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय असंवैधानिक भनेको छ।

मोन्टानामा रिपब्लिकन पार्टीका गभर्नर जर्ज जेनफोर्टले टिकटकमा प्रतिबन्ध लगाउने गरी सिनेटले पारित गरेको विधेयकमा हस्ताक्षर गरेका थिए।

मोन्टानामा चिनियाँ जासूसी बेलून देखिएको आशङ्कापछि टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको थियो। टिकटकको मूल कम्पनी ‘बाइटडान्स’ बेइजिङमा आधारित भएकाले चीनले यस एपबाट प्रयोगकर्ताको जानकारीमा पहुँच पाउने र निगरानीमा राख्ने आशङ्कामा टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने निष्कर्ष निकालिएको थियो।

यो कार्यान्वयन आउनु एक महीनाअघि अदालतले रोकेको हो। अदालतले टिकटकमा लगाइएको प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता हनन हुने ठहर गरेको बीबीसीले उल्लेख गरेको छ।

gold
himalayan life insurance long ad
kumari bank