sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने तीन पक्राउ

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गरी सम्पर्कविहीन बनेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सर्बिया जान प्रतिव्यक्ति आठ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक एक लाख रुपियाँ हुन्छ भनी प्रलोभनमा पारी बारा जितपुरसिमरा उपमहानगरपालिका–१ का २५ वर्षीय दिपेश बास्कोटाले बल बहादुर थापासँग पटकपटक गरी सो रकम लिई सम्पर्कविहीन रहेका थिए ।

यस्तै, सिन्धुपाल्चोक त्रिपुरासुन्दी गाउँपालिका–६ घर भई हाल ललितपुर बस्ने ४६ वर्षीय भवानी बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

उनले बाबुराम कार्कीलाई क्रोएसियामा जान दश लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब एक लाख २० हजार रुपियाँ हुन्छ भनी पीडितबाट दुई लाख रुपियाँ लिई सम्पर्कविहीन भएका थिए ।

यसैगरी, प्रहरीले माल्टा पठाउने भनी छ लाख आठ हजार रुपियाँ लिई सम्पर्कविहीन बनेकी धादिङ घर भई हाल काठमाडौँ बस्ने २९ वर्षीय लक्ष्मी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले कुलमान कुमालसहति दुई जनालाई माल्टा जान प्रतिव्यक्ति नौ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक तलब एक लाख रुपियाँ हुने भनी पीडितहरूबाट पटकपटक गरी छ लाख आठ हजार रुपियाँ रकम लिई सम्पर्कविहीन भएका थिए ।

प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, तहाचल पठाइएको छ ।

gold
kumari bank
nawakantipur long