citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

निर्वाचन आयोगले जाजरकोट भूकम्प प्रभावितलाई सहयोग गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । निर्वाचन आयोगले गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्र भएर गएको विनासकारी जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरुलाई सहयोग गर्ने भएको छ ।

आयोगको हालै बसेको पदाधिकारीहरुको बैठकले भूकम्प प्रभावितको उद्धार र राहतका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक तथा प्रदेश र कर्मचारीहरूमध्ये सचिव र सहसचिवहरूबाट तीन दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको हो ।

त्यस्तै, उपसचिव र शाखा अधिकृतहरूबाट दुई दिन र सोभन्दा तलका कर्मचारीहरूबाट एक दिन बराबरको पारिश्रमिक भूकम्पपीडितका लागि सहयोग गर्ने जनाएको छ ।

 

gold
himalayan life insurance long ad