stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

व्यापार खुम्चिन थालेपछि एनसेलबाट बाहिरिँदै आजियाटा, सबै शेयर बेच्ने घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लगातार व्यापार खस्किन थालेपछि आजियाटा समूह एनसेलबाट बाहिरिने भएको छ। यसका लागि आजियाटाले एनसेलमा रहेको सम्पूर्ण शेयर बेच्ने घोषणा पनि गरेको छ।

आजियाटाको बोर्ड बैठकले एनसेलबाट लगानी झिकेर बाहिरिने निर्णय गरेको हो। नेपालमा व्यावसायिक वातावरण चुनौतीपूर्ण रहेको आजियाटा समूहले ठहर गरेको छ।

पछिल्लो ४ आर्थिक वर्षमा एनसेलको व्यापार ओरालो लागेको छ। यही कारणले पनि आजियाटा समूह एनसेलबाट बाहिरने निर्णयमा पुगेको हो।

आजियाटा समूह ७ वर्षअघि अजियाटा एनसेलमा प्रवेश गरेको थियो। उसले एनसेलमा रहेको स्विडिस कम्पनी टेलिया सोनेराको ८० प्रतिशत शेयर किनेको थियो। एनसेलमा बाँकी २० प्रतिशत हिस्सा सुनिभेरा क्यापिटल भेन्चरको रहेको छ।

आजियाताले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर बेच्ने निर्णय गरेको छ। शेयर बिक्री प्रक्रिया अगाडि बढाउने आजियाटाको बोर्ड बैठकले निर्णय गरेको छ।

आजियाटा समूहले नेपालको एनसेलका कारणले गर्दा नोक्सानी थपिँदै गएको भन्दै एनसेलमा रहेको शेयर बिक्री गर्ने निर्णय बोर्डले गरेको छ। एनसेलको शेयर बेच्ने निर्णयले आजियाटा थप मजबुत हुने बोर्डले निष्कर्ष निकालेको छ।

prabhu mahalaxmi
kumari