sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

चीनको केरुङमा नेपाली व्यवसायीका दुई सय कन्टेनर अलपत्र

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

रसुवा ।  रसुवागढी– केरुङ नाका नेपाल चीन ब्यापारको छोटो मार्ग करिब पाँच महिना यतादेखि बन्द रहेको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द रहदा त्यहाँबाट विभिन्न सामान ल्याउन सन्चालन भएका नेपाली व्यवसायीका दुई सय कन्टेनर चीनको केरुङमा अलपत्र परेका छन् ।

रसुवागढी केरुङ मार्गको विभिन्न स्थानमा हिउँ तथा पहिरोले सडक पुरिँदा गत १५ माघदेखि बन्द रहेको नाका त्यस लगत्तै फैलिएको कोरोना महामारीका कारण निरन्तर ठप्प छ ।

माघ १५ गते अघि नै सामान लिन केरुङ पुगेका नेपाली कन्टेनर उतै थन्किएका छन् । नाका बन्दसँगै ढुवानी रोकिएर घाटा व्यहोरोका व्यवसायीका कन्टेनरका पार्टपुर्जा खिया लागेर बिग्रिन थालेका छन् । यसले अर्बौँको क्षति पुगेको व्यवसायीहरू बताउँछन् । ती कन्टेनर नेपाल ल्याउन सरकारले कुनै पहल नगरेकोमा उनीहरूको गुनासो छ ।

स्वास्थ सामग्री, हाइड्रोका सामान, लत्ताकपडा तथा कच्चा पदार्थका करिब १५ सय कन्टेनर सामान केरुङमा गोदाममै स्टोर रहेको व्यवसायीहरू बताउँछन् । एक महिनाअघि मात्रै १२ वटा कन्टेनरमा लोड गरिएको फलफूल कुहिएपछि फालिएको छ ।

रसुवागढी नाका सञ्चालन हुँदा चीनबाट फलफूल तथा लत्ताकपडा लगायत बन्दोबस्तीका सामान आउने गरेका थिए । दैनिक दुई करोडभन्दा बढी राजस्व योगदान गरिरहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्द भएपछि राज्यलाई त घाटा भइरहेको छ । ब्यापारिक कारोबार र आवतजावत बन्द हुदा ट्रक कन्टेनहरमा काम गर्ने श्रमिकदेखि रसुवाका साना–ठूला सबै व्यवसायी प्रत्यक्ष मारमा परेका छन् ।

नाका बन्द हुँदा आर्थिक अवस्था धराशायी बनेको कन्टेनर व्यवसायी बताउँछ्न् । व्यवसायीहरूले बैंकबाट ऋण लिएर कन्टेनर किनेका हुन । नाका बन्द रहदा किस्ता तिर्न उनिहरुले सकिरहेका छैनन् । नाका खुलेपछि चीन जाने भनेर ३० कन्टेनर रसुवागढीमा लाइनमा छन् । अहिले नाकामा दुवै देशतर्फ गेट लगाइएको छ । प्रशासनको निर्देशन अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी नाकाको सुरक्षामा खटिएका छन् ।

gold
kumari bank
nawakantipur long