आगामी वर्षको बजेट प्रदेश सरकारले आज सार्वजनिक गर्दै
काठमाडौं । आज प्रदेश सरकारले आगामी वर्षको आय-व्ययको अनुमानित बिबरण बजेट सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था अनुसार प्रदेश सरकारहरुले आज बजेट ल्याउने कार्यक्रम रहेको छ ।
कोभिड १९ को महामारीका बेला ल्याउनु पर्ने बजेटको तयारी सात वटै प्रदेश सरकारले पूरा गरीसकेका छन् । प्रदेश सरकारहरुले नीति तथा कार्यक्रम मार्फत् भौतिक निर्माण र आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउने घोषणा गरेका छन् ।
प्रदेश सरकारहरुको तयारी अनुसार केहीले बजेटको आकार गत बर्ष भन्दा बढाउने तयारी गरेका छन् भने केहीले संघीय सरकारको अनुदान र आन्तरिक राजस्वसमेत खुम्चने अवस्थामा घटाउने अवस्था छ ।
संघीय सरकारले भने गत आर्थिक बर्षको भन्दा सानो आकारको बजेट सार्वजनिक गरिसकेको छ ।





























