शब्दयात्रा प्रकाशनद्वारा विविध व्यक्तित्वहरु सम्मानित
बनेपा । शब्दयात्रा प्रकाशनको संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समितिका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीको प्रमुख आतिथ्य र विश्वकीर्तिमानी महिला डा. सरिशा श्रेष्ठको विशेष आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
शब्दयात्रा प्रकाशनले ४ जनालाई विद्वतवृत्ति, ३ जनालाई कदरपत्र र २ जनालाई छात्रवृत्ति समर्पण र १ जनालाई सम्मान गरेको थियो ।
उक्त कार्यक्रममा कदरपत्र पाउनेहरूमा टेलिभिजन पत्रकारिताका क्षेत्रमा शङ्कर अधिकारीलाई, अनलाइन र टेलिभिजन पत्रकारिताका सुनिता सापकोटालाई र फोटो पत्रकारिताका भुवन भोछिभोयालाई प्रदान गरेको थियो । उनीहरूलाई शब्दयात्रा प्रकाशनका संचालक सदस्य हरि गोपाल प्रधान कदरपत्र समर्पण गरिएको थियो ।
विद्वतवृत्ति पाउनेहरूमा कालिका त्रिपाठी पन्त, उद्ववप्रसाद नेपाल, अमृका ताम्राकार र समीर आचार्य छन् । साथमा विपासना शाक्य र अनुग्रह प्रजापतिलाई शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति र शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति समर्पण गरिएको थियो ।
विश्वकीर्तिमान डा. सरिशा श्रेष्ठले सोही कार्यक्रममा कार्यालय सहायक संगीता के सी. लाई दोसल्ला ओदाई सम्मान गरेको थियो ।
च्छेश्वर सापकोटाले पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको समुद्घाटन, शारदाप्रसाद शर्माले उद्घोषण, शिवप्रसाद बन्जाराले स्वागत भाषण तथा प्रदीप केसी र अमृत अधिकारीले प्रमाणपत्र वाचन गरेको उक्त कार्यक्रममा सकुल थापाले विद्वतवृत्ति, कदरपत्र र छात्रवृत्ति पाउनेहरूको चिनारी गराएका थिए ।
कार्यक्रममा हरि गोपाल प्रधान, कृष्णमणि कुइँकेल, मोहनमणि दाहाल, जयनारायण नेपाल, गीता अधिकारी, प्रकाशबहादुर कायस्थ, सिद्धिबहादुर कर्माचार्य, पूर्णबहादुर कार्की, पूर्णबहादुर कर्माचार्य, रामप्रसाद अधिकारी, चन्द्रबहादुर खड्का, सङ्गीता केसी, पुण्यवती घले आदिले विभिन्न भूमिका निर्वाह गरेका थिए ।