macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिमा भन्दा केही घटे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिमा भन्दा केही घटेको छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउन, भदौ, असोज र कात्तिकमा दुई लाख छ हजार ३१६ जना बिदेसिएका छन् जुन गत वर्षको सोही अवधिभन्दा ६४ हजार २०८ ले कमी हो ।

गत वर्ष सो अवधिमा दुई लाख ७० हजार ५२४ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए । यो वर्ष सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएका छन् जुन अघिल्लो कात्तिकमा ७८ हजार ३७० थियो । यो सङ्ख्या हेर्दा गत वर्ष र यो वर्षको कात्तिक महिनामा विदेश जानेको सङ्ख्या करिब आधाले घटेको छ ।

विभागका महानिर्देशक महेश दाहालका अनुसार यो वर्ष दसैँ र तिहार नै कात्तिक महिनामा परेकाले श्रम स्वीकृति लिने घटेका हुन् । वैदेशिक रोजगार अध्ययन कर्ता रामेश्वर नेपालले भने विश्वव्यापी आर्थिक मन्दीको असरले यस्तो भएको दाबी गर्नुभयो ।

अर्कोतिर यो वर्ष सुरुदेखि नै मलेसियामा नेपाली श्रमिकको माग घटेकाले पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारीको इतिहासमा गत आर्थिक वर्षको भदौ महिनामा सबैभन्दा बढी ७६ हजार ४०३ श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रम स्वीकृति लिएका थिए ।

यो सङ्ख्या वैदेशिक रोजगारको तथ्याङ्क राख्न सुरु गरेयता २९ वर्षकै उच्च हो तर यो सङ्ख्या चालु आवमा भने औसत ५० हजारमा सीमित भएको छ ।

साउनमा श्रम स्वीकृति लिनेको सङ्ख्या ५५ हजार ५७५ छ भने भदौ महिनामा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ जना जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

गत वर्ष साउनमा ७३ हजार ३९ जना, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

गत वर्ष साउदी अरब गएका श्रमिक पनि मलेसिया जाने क्रम बढेका कारण समग्र वैदेशिक रोजगारीमा जानेको सङ्ख्या वृद्धि भएको थियो । हाल मलेसियाले विदेशी श्रमिक कोटा बन्द गरेको असर नेपाललाई पनि परेको छ ।

himalayan life insurance
igi long
NTA long ad