बजारमा बढ्यो नगद परिचालन
सरकारी कोषमा पनि १.२५ खर्ब बढी
काठमाडौं । बजारमा नगद परिचालन बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले देखाएको हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार बजारमा गत कात्तिक मसान्तसम्म ६ खर्ब ७७ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ नगद परिचालित छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ नगद परिचालित थियो।
गत असारको तुलनामा कात्तिकमा ८.३४ प्रतिशत अर्थात ५२ अर्ब १८ करोड ८५ लाख रुपैयाँले नगद परिचालन बढेको छ।
पछिल्लो ४ महिनाको सरकारी कोष पनि बढेर १ खर्ब २५ अर्ब ४५ करोड ९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत असारमा सरकारी कोषमा ४५ अर्ब ८ करोड ९४ लाख रुपैयाँमात्र थियो।