stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल 

गुल्मी । कोरोना संक्रमणबाट गुल्मीमा एक जनाको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर-९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएकी थिइन् । तर कोसिस गर्दागर्दै पनि उनलाई बचाउन नसकिएको उपचारमा खटिएका डा. कविराज भुसालले बताए ।

शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनले जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । उनी २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित भएकाले उपचार कठिन भएको थियो ।

IME Lifesidebar
kumari