citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

एमसिसीबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्दै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौ । नेकपा सचिवालय बैठकआज दिउँसो ४ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटरमा दिउँसो ४ बजे बस्ने बैठकमा एमसिसीबारे छलफल गरिने नेकपा महासचिव विष्णु पौडेलले बताए ।

आजको बैठकमा एमसिसी कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको छ। नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेका थिए। कार्यदलले एमसिसी परिमार्जन गरेर मात्रै पारित गर्न सुझाव दिएको थियो।

परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुदें फरक मत राखेका छन् । सचिवालय बैठकमा अर्थमन्त्री युवराज खतिवडालाई पनि बोलाइएको छ।

gold
kumari bank