sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

जुलुसमा जाँदै हुनुहुन्छ ? सर्ला नी कोरोना

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौ । पछिल्ला दिनमा राजधानी काठमाडौँ लगायत देशका विभिन्न स्थानमा अनावश्यकरुपमा भइरहेको प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा नारा लगाउँदा कोरोना भाइरस सङ्क्रमित भएका व्यक्तिबाट कोरोनाको भाइरस सङ्क्रमण हुने सम्भावना बढी हुने देखिन्छ ।

मन्त्रालयले लकडाउनका समयमा अनावश्यकरुपमा भीडभाड नगर्न तथा प्रदर्शन नगर्न र नगराउनसमेत आग्रह गरेको छ । पछिल्ला दिनमा सङ्क्रमणको मात्रा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा कूल २७३ जनामा नयाँ सङ्क्रमण देखिएको छ । उक्त सङ्ख्यासहित कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३५ पुगेको छ ।

यस्तै क्वारेन्टिनमा रहेकाको सङ्ख्या एक लाख ५० हजार बढी रहेका छन् । लकडाउनका समयमा समाजिक दूरी कायम गर्नुपर्ने तथा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने भए पनि विभिन्न नाममा भइरहेको प्रदर्शनले थप जोखिम बढाएको छ ।

शान्तिपूर्णरुपमा भेला हुन पाउने र विरोध प्रदर्शन गर्न पाउने नागरिकको हक भए पनि विपद्को समयमा सरकारको आग्रहलाई लत्याएर गरिने व्यवहारले थप त्रास र भय सिर्जना गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार कोरोनाको जोखिम रहेको समयमा अनावश्यकरुपमा गरिने प्रदर्शनले थप समस्या निम्त्याउँछ ।

उहाँले विपद्का समयमा सामाजिक दूरी कायम राख्न र अनावश्यकरुपमा प्रदर्शन नगर्नसमेत आग्रह गर्नुभयो ।

सरकारले आगामी असारको १५ गतेदेखि पिसिआर परीक्षणको दायरा बढाएर दैनिक १० हजार बराबरको पुर्‍याउने तयारी गरेको छ । त्यसका लागि पिसिआर किट तथा मेशिनकोसमेत प्रबन्ध गरिरहेको छ ।

यस्तै निजी क्षेत्रको विद म्यानेजमेन्टले समेत थप २५ थान पिसिआर मेशिन एक सातामा भित्र्याउने तयारी गरेको छ । अनावश्यकरुपमा भीडभाड गर्दा वा नारा जुलुस गर्दा कोरोनाको सङ्क्रमण फैलिएको खण्डमा सरकारले बढाउने भनेको परीक्षणको सङ्ख्या र मात्रासमेत अपुग हुने सम्भावना रहन्छ । प्रदर्शनमा एक जना मात्रै सङ्क्रमित व्यक्ति उपस्थित भए त्यसले सयौँलाई सार्ने सम्भावना रहन्छ ।

हाल कायम रहेको बन्दाबन्दीलाई थप व्यवस्थित बनाउँदै दैनिक सामाजिक क्रियाकलापलाई सञ्चालन गर्न मन्त्रालयद्वारा ‘कोभिड–१९ महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्य मापदण्ड’ तयार गरी लागू गरिएका कारण त्यसलाई पूर्णरुपमा पालना गर्नु नागरिकको कर्तव्य हो ।

पछिल्ला दिनमा भइरहेका प्रदर्शनले सो मापदण्डकोसमेत बर्खीलाप गरेको छ । भौतिक दूरी दुई मिटर बढी हुनुपर्ने, मेडिक वा तीन तह भएको मास्क अनिवार्यरुपमा लगाउनुपर्ने भएपनि भीडभाड र प्रदर्शनमा त्यसको कुनै ख्याल गरिएको छैन । रासस

gold
nawakantipur long