sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपालमा थपिए एकैपटक २७३ कोरोना संक्रमित कोरोनाका कारण थप २ जनाको मृत्यु

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बाराका ५ वर्षीय बालक र पर्साका २५ वर्षीय पुरुष रहेका छन् ।

बालकलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि बीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै २५ वर्षीय पुरुषको जेठ २८ गते बेवारिसे लास फेला परेको र पोस्टमार्टमका लागि नारायण अञ्चल अस्पतालमा ल्याइ स्वाब परीक्षण गरिएको थियो ।

स्वाब परीक्षणका क्रममा दुवै मृतकको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

यसैगरी विगत २४ घण्टामा २ सय ७३ नयाँ संक्रमित थपिएका छन् । जसमा २ सय ४७ जना पुरुष र ३६ जना महिला रहेका छन् । योसँग जम्मा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । त्यसैंगरी संक्रमित फेला परेको जिल्ला ७२ पुगेको छ ।

यसैगरी विगत २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर ३६ जना डिस्चार्ज भएका छन् । योसँगै निको भएर घर फर्केनेको संख्या ९ सय १३ जना पुगेको छ । जसमा पुरुष ८२२ र महिला ९१ रहेका छन् ।

हालसम्म १ लाख २७ हजार २ सय ८८ पीसिआर र १ लाख ९० हजार ५ सय ८२ आरडिटी परीक्षण सम्पन्न भएको छ । क्वारेन्टाइनमा १ लाख ५० हजार ५ सय ४९ र आइसोलेसनमा ४ हजार ४ सय ४ जना रहेको मन्त्रालयले जनाएको छ ।

                             

gold
kumari bank
nawakantipur long