stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन क्यापिटल लिमिटेडको अनलाईन सेवा योजना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौ ।  २०७७ साल बैशाख २६ गतेको नेपाल धितोपत्र बोर्डको निर्देशानुसार २०७७ श्रावण महिनादेखि अनिवार्य रुपमा विधुतीय माध्यमबाट मात्र शेयर कारोबार गर्नुपर्ने तथा हालको अकल्पनीय विश्वव्यापी महामारीका रुपमा फैलिईरहेको नोभल कोरोना (COVID–19) का कारणले घरबाट बाहिर निस्कने असहज परिस्थितिलाई ध्यानमा राख्दै यस हिमालयन क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज लगानी तथा शेयर कारोबार गर्न अनलाईन मार्फत डिम्याट र मेरो शेयर खाता खोल्ने व्यवस्था मिलाएको छ ।  (शेयरको दोस्रो बजारमा कारोबार गर्नु अघि भौतिक रूपले कार्यालयमा उपस्थित हुने शर्तमा) साथै २०७७ असार मसान्तसम्म उल्लेखित खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन ।
हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै विश्वासका साथ गुणस्तरिय सेवा मार्फत आफ्ना ग्राहक तथा लगानीकर्ताहरुलाई पुंजी बजारमा सवल तथा सुसुचित भई सहज लगानी तथा शेयर कारोबार गर्न प्रोत्साहन गर्दै आईरहेको छ ।
डिम्याट तथा मेरो शेयरखाता संगै हिमालयन क्यापिटलले पुंजी बजारमा आफ्ना ग्राहक तथा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूती र शेयर रजिष्ट्रेशन सेवा प्रदान गर्दै आइरहेको छ ।

prabhu mahalaxmi
kumari