नेपालको नयाँ नक्सा सर्वसम्मतले पारित

आर्थिक सञ्जाल
काठमाडौ । प्रतिनिधि सभाले नयाँ नक्सा सर्वसम्मतले अनुमोदन गरेको छ । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधि सभाले शनिबार सर्वसम्मत अनुमोदन गरेको हो ।
नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको हो ।
बैठकमा उपस्थित २५८ जना सांसद सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका हुन् । यससँगै संविधान संशोधन विधेयक २ तिहाईभन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।
अब नेपालले यस नक्सा अनुसार आफ्नो भूमि फिर्ता ल्याउन थप कदमहरु चाल्नेछ ।