citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

गृहमन्त्री  श्रेष्ठले मनपरी हर्कत गर्न थालेपछि हेडक्वाटर असन्तुष्ट

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीको मनोबल बढाउनेभन्दा पनि गिराउने कार्यहरू गरिरहेका छन् ।

गृहमन्त्रीले प्रहरीको संरक्षण गरेर जनताको सेवा गर्नुपर्ने प्रमुख दायित्व रहेको हुन्छ । तर, गृहमन्त्रीले घटनाको गहिराइमा नपुगेर हावाका भरमा प्रहरीहरूलाई कारबाही गर्ने, धम्काउने, थर्काकाउने लगायतका हर्कत गरेर हैरान बनाएका छन् ।

नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले प्रहरीलाई सहि बाटोमा ल्याउन र विधि अनुसार चलाउन सरुवा, बढुवा लगायतका अवसरमा नियम बनाएका छन् ।

धेरै बोल्न नरुचाउने आईजीपी कुँवरले राजनीतिक हस्तक्षेपमा रहेको प्रहरीभित्र सुधारका राम्रा संकेतहरू गरिरहेका  बेला गृहमन्त्री  श्रेष्ठले मनपरी हर्कत गर्न थालेपछि हेडक्वाटर असन्तुष्ट बनेको छ ।

आरती साह प्रकरणमा गृहमन्त्री श्रेष्ठले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्कालाई फिर्ता बोलाउन दिएको निर्देशनप्रति आईजीपी कुँवर खुसी छैनन् ।

उच्च स्रोतका अनुसार शान्ति सुरक्षा बनाउन खटिएका प्रहरीलाई स–साना घटनामा कारबाही गर्ने, स्पष्टीकरण सोध्ने, हटाउने, मनोबल गिराउने जस्ता कार्य गर्दा प्रहरीको काम गर्ने मनोबल कमजोर हुने हेडक्वाटरको भनाइ छ ।

आरती साह प्रकरण भएका बेला एसपी खड्का विदामा थिए । विदामा रहेका बेला जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मेवारी डीएसपी देवप्रसाद गौतमले लिएका थिए ।

आरती साह प्रकरणका बेला भएको झडपमा प्रहरी कर्मचारीहरू पनि घाइते भएका छन् । घाइते भएका प्रहरीका बारेमा गृहमन्त्री श्रेष्ठले एकशब्द बोलेका छैनन् ।

प्रहरीको मानवअधिकारका विषयमा गृहमन्त्री श्रेष्ठ बोलेका छैनन् । उनलाई सेलिब्रेटी बन्नु परेको छ । गृहमन्त्रीको सचिवालय धनुषामा आफ्नो एसपीलाई पठाउन दौडधुपमा लागिसकेका छन् ।

माइतीघर मण्डलामा धर्नामा बसेको आधारमा प्रहरीको मनोबल गिराउने कार्य गरेर श्रेष्ठले आलोचना खेप्नु परेको छ ।

एसपी खड्काले धनुषा जिल्लामा शान्ति सुरक्षा बनाउन राम्रो भूमिका निभएका छन् । धनुषामा शान्ति सुरक्षा बिग्रने कुनै पनि गतिविधि भएका छैनन् ।

मधेश प्रदेशका केही जिल्लाहरूमा धार्मिक दङ्गा भएका थिए । तर, धनुषामा धार्मिक दङ्गा हुन पाएन् । समयमा नियन्त्रण भए ।

एसपी खड्काले जिल्ला प्रहरी कार्यालय धनुषाको नेतृत्व ११ महिना सम्हालिसकेका छन् । एक महिनापछि उनको नियमित सरुवा हुन लागेको छ । तर, एसपी खड्कालाई शान्ति सुरक्षा राम्रो बनाएको भनेर धन्यावाद दिनुपर्ने बेला गृहमन्त्री श्रेष्ठले हेडक्वाटर तान्न दवाव दिएपछि माओवादीहरूको नियतमाथि प्रश्न उठेको छ ।

एसपी खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो ।

संवादका लागि साहको परिवारले धनुषाका एसपीलाई हटाउनुपर्ने शर्त राखेसँगै खड्कालाई हेडक्वाटर बोलाइएको छ ।

आरती साह धनुषामा मृत अवस्थामा भेटिएकी थिइन् । आरतीको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरिसकेको छभने  अभियुक्तहरू थुनामै रहेका छन ।

himalayan life insurance
igi long