citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

श्रीलंकामा नेपाली बौद्ध भिक्षुको निधन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं  । श्रीलंकामा अध्ययनरत नेपाली बौद्ध भिक्षुको एवं विद्यार्थी सोरत धम्मको निधन भएको छ । दाङ राप्ति गाउँपालिका देउखुरीका २२ वर्षिय सोरतको निमोनियाका कारण केही दिन अगाडि निधन भएको चारुमति बुद्ध बिहारले जनाएको छ ।

गृहस्थ नाम आशकुमार चौधरी भएका उहाँको पार्थिवशरिर भने शनिबार नेपाल आइपुग्ने जनाइएको छ । विहार, धर्मपालराम विहार, गल्किस्स, कोलोम्बो र श्रीलंका स्थित नेपाली दुतावासको पहलमा उहाँको पार्थिव शरिर नेपाल ल्याउन लागिएको हो ।

भिक्षु सोरत श्री जयवर्धनेपुरा विश्वविद्यालयमा बौद्ध धर्म र आइटीमा स्नातकोतर तहमा अध्ययनरत हुनुहुन्थ्यो । उहाँको शनिबार नै पशुपति विद्युतीय शवदाहागृहमा अन्त्येष्टि गरिने विहारले जनाएको छ ।

himalayan life insurance
igi long