मिसेस नेपाल वर्ल्डले तयार पारे ‘मङ्गल

काठमाडौँ । मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीलाई समावेश गरी म्युजिक भिडियो तयार पारिएको छ । मङ्गलम् बोलको गीत दुर्गामाताको आराधनामा आधारित छ । गीतको मिसेस नेपाल वर्ल्ड २०२३ का सम्पूर्ण प्रतियोगीलाई अभिनय र नृत्य गराइएको छ ।
गीत गायक गायिका दम्पती रामचन्द्र काफ्ले र जुनु रिजालले गाउनुभएको छ भने गीतको रचना रमेश दाहाल, सङ्गीत र संयोजन राजेन्द्र बजगाई रहेको छ ।
मिक्सिङ र ध्वनि सम्पादन मनोज परियार तथा वाद्यवादन भुवन गन्धर्व, सञ्जीव बराइली र हेमन्त कान्छा रसाइलीको रहेको छ ।
सन्दीप भुजेलको कोरियोग्राफी र निर्देशनमा तयार गीतको भिडियोमा छायाङ्कन ओम प्रसाई, कन्सेप्ट र स्क्रिप्टिङ अस्विनी झा र निशु झा तथा मेकअप सबिता चौधरीको छ ।
गीत मिसेस नेपाल वर्ल्ड २०२३ को आयोजक संस्था रिबन इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
११ कात्तिक २०८०, शनिवार ०७:३४ बजे प्रकाशित