काठमाडौँमा बढ्यो चहलपहल लकडाउन खुकुलो भएसँगै
आर्थिक सञ्जाल
काठमाडौं । पहिलाे चरण अन्तर्गत लकडाउन खुकुलाे बनाउने सरकारले निर्णय गरेसँगै काठमाडाैँमा चहल–पहल बढ्न थालेकाे छ । सरकारले पहिलाे चरण अन्तरगत २१ सेवा खुल्ने निर्णय बुधबार गरेकाे थियाे, जसमा अत्यावश्यक सेवा सहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत रहेका छन् ।
उपत्यकामा निजी सवारी साधनहरु जोर–बिजोरका प्रणालीमा निश्चित मापदण्ड पूरा गरी निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति हुने जनाइएको छ । बिहीबार बिहानैदेखि काठमाडाैँका सडकमा सवारी साधनहरू चल्न थालेका छन् । मानिसहर सकड तथा फुटपाथमा हिडिरहेका पनि देखिन्छन् । तर प्रहरीले चेकिङ पनि कडाइ गरिरहेकाे छ । प्रायः पसहलहरू खुलेका छन् ।
किराना लयागत अन्य अत्यावश्यक सामग्रीका पसल भने यसअघि पनि बिहान खुलै हुने गर्थे । बिहीबार सडक किनारमा ट्याक्सी समेत तयारी अवस्थामा राखिएका देखिएकाे छ । निणर्यानुसार दुई पांग्रेमा १ जना, चार पांग्रेमा ड्राइभरसहित ३ जना मात्रै सवार हुन पाउने भएको छ । तर लामो दूरीका सवारी भने तत्काल खुल्ने छैनन् । साथै शैक्षिक संस्थाहरू (स्कुल, कलेज), रेस्टुरेन्ट, पार्टी प्यालेस, सिनेमा हल, शपिङ मलजस्ता बढी भीडभाड हुने क्षेत्र पनि तत्काल खोल्पन पाइने छैन । महोत्सव, जात्रा, कार्यक्रम पनि गर्न पाइने छैन । अन्तर्राष्टिय उडान समेत खुल्ने छैनन् । गत चैत ११ गतेबाट सुरू भएको लकडाउन ७८ दिनपछि खुकुलो बनाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

























