चार्टर्ड उडानबारे छानबिन समिति गठन

आर्थिक सञ्जाल
काठमाडौं । चार्टर्ड उडानका नाममा यात्रुसँग बढी भाडा लिएको गुनासो बढेपछि सरकारले छानबिन समिति गठन गरेको छ ।
हङकङ र जापान जान अनुमति पाएका नेपाली र विदेशी नागरिकको चार्टर्ड उडानमा यात्रुबाट अस्वभाविक रुपमा बढी रकम लिईएको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिलाइ जहाज चार्टर्ड गरी यात्रु ओसार्दा टिकट बिक्री गर्ने चार्टर्ड पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारबाट भाडा लिएको हो छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
साथै आगामी दिनमा विमान चार्टर्ड गर्दा सम्बन्धित देशको कूटनीतिक नियोगबाट यात्रुको नामावलीसहितको पूर्वस्वीकृति र यात्रुसँग लिने भाडा रकमसमेत खुलाएर मात्र चार्टर्ड उडानको लागि सम्बन्धित वायु सेवा कम्पनीमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।