stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

कुवेतबाट आउने भनिएको पहिलो चार्टर उडानको समयतालिका अझै अनिश्चित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं ।  कुवेतबाट बुधबार आउने भनिएको पहिलो चार्टर उडानको समयतालिका अझै अनिश्चित नै छ । कोभिड–१९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्नको लागि मंगलबार अनुमति दिएको थियो ।

कुवेतस्थित नेपाली दूतावासले समयतालिका अझै निश्चित नहुनुको कारण भने बताएको छैन । कुवेतले बिना जरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुई वटा चार्टर विमानमार्फत नेपाल पठाउन नेपाल सरकार समक्ष प्रस्ताव राखेको थियो । अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ जना रहेका छन् ।

                   

नागरिक उड्डयन प्रधिकरणले दुई वटा विमान आउन अनुमति दिइसकेको छ । प्राधिकरणका अनुसार अनुमित दिएको ७२ घण्टाभित्र विमान आउनुपर्छ । कुवेतले निजी विमान कम्पनी जजिरा एयरलाइन्सलाई उडानको लागि जिम्मेवरी दिइएको हो ।

जजिराले बुधबार स्थानीय समय साँझ ४ बजे उडान गर्ने तालिका राखेको थियो । तर, सेनाले साँझको ६ बजेपछि यात्रु लिन नसक्ने भएपछि बुधबार बिहान ७ देखि ९ बजेभित्र पहिलो उडान गर्ने भनिएको थियो । यो समयमा उडान गर्न नसकेपछि अल जजिराले पुनस् बुधबार साँझ ८स्४५ को उडान तालिका राखेको छ । नेपालले साँझ यात्रु लिन सक्ने अनुमति दिए मात्रै साँझको समयमा उडान गर्न सक्ने बताइएको छ ।

prabhu mahalaxmi
kumari