citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

भैरहवा-लुम्बिनी-तौलिहवा सडक निर्माण तीव्र

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

भैरहवा । शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ ।

तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो सडक हालसम्म ६५ प्रतिशत पूरा भएको सडक आयोजना कार्यालयले जनाएको छ ।

भैरहवा-लुम्बिनी-तौलिहवासम्मको सडक निर्माणका लागि भारतीय निर्माण कम्पनी गवार कन्स्ट्रक्सन लिमिटेड गुणगाँवले सन् २०१७ जुन २२ मा सम्झौता गरेको हो ।

निर्माण शुरु गरिएको ३० महिना अर्थात् २०२० जनवरी १२ सम्म सक्ने सम्झौता भए पनि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै २०२० अप्रिल ३० सम्म म्याद थपेको थियो । थपिएको म्यादसम्म पनि मजदूरको अभाव र नदीजन्य पदार्थको समस्याका कारण पूरा गर्न नसकिएको जनाउँदै सडकका आयोजना प्रमुख प्रदीपराज शाक्यले अबको तीन महिनामा निर्माण पूरा हुने जानकारी दिनुभयो ।

एशियाली विकास बैंकको आर्थिक सहयोगमा रु दुई अर्ब १६ करोड ८५ लाख ७५ हजार ९११ को लागतमा निर्माण भइरहेको सो सडकका बीच भागमा ग्रिन बेल्ट तथा दायाँबायाँ सर्भिस लेन र नाली रहने आयोजना प्रमुख शाक्यले जानकारी दिनुभयो ।

हालसम्म नाला, ग्याभिन, रुख कटान, बिजुलीका खम्बा तथा तार जडान र मुआब्जा वितरणको काम सकिएको बताउँदै सडकको प्राविधिक समन्वय, निगरानी र परीक्षण गर्ने इञ्जिनियरिङ कन्सलटेन्टका निमित्त टिम प्रमुख इ अयोध्या श्रेष्ठले अब भने कालोपत्रेको काम धमाधम भइरहेको जानकारी दिनुभयो ।  रासस

gold
himalayan life insurance long ad
kumari bank