stcnepal long ad
global ime bank long

सराङकोटमा २ करोडको लागतमा आधुनिक भ्यु टावर निर्माण शुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

पोखरा । पर्यटकिय गन्तव्यका रुपमा परिचित सराङकोटमा आधुनिक भ्यु टावर निर्माण शुरु भएको छ । दुई करोडको लागतमा भ्यु टावर बन्नेछ । सराङकोट धार्मिक पर्यटक क्षेत्र विकास समितिको वृहत्तर गुरु योजना अन्तर्रगत प्रदेश सरकारको सहयोगमा टावर निर्माण गर्न लागिएको हो ।

भ्यु टावर गण्डकी प्रदेशका वन उद्योग तथा पर्यटन मन्त्री विकास लम्सालले  निर्माणको औपचारिक शुभारम्भ गरेका हुन। प्रदेशको पर्यटकिय गन्तव्य स्थललाई थप व्यवसिथत गराउने योजना अनुशार टावर र्मिाण गर्न लागिएको लम्सालले बताए ।

सुर्योदय, सुर्यस्त, ताल र आसपारका प्राकृतिक दृष्य अवलोकन गर्न टावर महत्वपुर्ण स्थान हुने समितिका अध्यक्ष प्रेमबहादुर जि सीले जानकारी दिए ।

पर्यटकिय स्थलका रुपमा परिचित सराङकोटको विकासमा धार्मिक पर्यटन क्षेत्र विकास समितिको वृहत्तर योजना महत्वपुर्ण रहेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि सीले बताए ।

स्थानिय सार्वजनिक जमिनको संरक्षण गर्दै समितिबाट गरिने योजनालाई महानगरले आवश्यक सहयोग गर्ने पनि मेयर जि सीले बताए ।

विभिन्न सहयोगबाट समितिले आर्थिक संकलन गर्दै आईरहेको छ । गौतम बुद्धको बिशाल मुर्ति स्थापनाका लागि जग्गा प्राप्त नहुदाँ निर्माण कार्य अलपत्र परेको छ । सो निमार्णका लागि आर डी लामा विष्टले ७ करोड १० लाख सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।

पोखरा महानगर वडा नं १८ का अध्यक्ष रणबहादुर थापा, गण्डकी प्रदेश भुसंरक्षण कार्यालयका प्रमुख दिवाकर पौडेल, नेकपाका वडा अध्यक्ष पुष्कल थापा, नेपाली कांग्रेसका वडा सभापति शिवप्रसाद तिमिल्सिना, रोटरी क्लव पोखरा अन्नपुर्णका अध्यक्ष रामचन्द्र शर्मा, समितिका उपाध्यक्ष मिनबहादुर थापा, सचिव डिलबहादुर जि सी लगायतले सराङकोटको विकासमा एकजुट हुनुपर्ने बताए ।

IME Lifesidebar
kumari