पूर्वराजाले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँमा अवसरमा सर्वसाधारणाई टीका लगाइदिने भएका छन्।शाहको सचिवालयका अनुसार शाहले दसैँको विजयादशमीका दिन सर्वसाधारणलाई बेलुका ४ बजे टीका लगाइदिनेछन्।
सचिवालयका अनुसार शाह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजयादशमीमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिनेछन्। गत वर्षको विजयादशमीमा भने पूर्वराजा शाहले सर्वसाधारणलाई टिका लगाइदिएका थिएनन्।
२८ असोज २०८०, आइतवार १५:०९ बजे प्रकाशित