कोटेश्वरस्थित अरनिको यातायात प्रा.लि.को बसपार्क सञ्चालनमा आयो

काठमाडौँ । पूर्वअरनिको यातायात प्रालिले काठमाडौँको जडीबुटीमा निर्माण गरेको बसपार्क आजबाट सञ्चालनमा आएको छ ।
आइतबारबाट प्रा.लि.ले निर्माण बसपार्क सञ्चालनमा ल्याएको हो । पूर्वअरनिको यातायात प्रा।लि।को आफ्नै लगानीमा बनाएको बसपार्क काठमाडौँ महानगरले संरचना भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजबाट सञ्चालनमा आएको हो ।
जडीबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रालि दर्ता गरेर पूर्वअरनिको यातायात प्रा।लि।ले झन्डै १० करोड रुपैयाँको लगानीमा बसपार्क बनाएको हो।
२८ असोज २०८०, आइतवार १५:१३ बजे प्रकाशित