citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

चिनी गोदामको सिलबन्दी फुकुवा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अभाव भएका बेला ७० हजार केजी (सात टन) चिनी भण्डारण गरेको आरोपमा सिलबन्दी गरेको व्यावसायिक फर्मलाई जरिबाना गरेर सिलबन्दी फुकुवा गरेको छ ।

विभाग नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले कुलेश्वरमा रहेको गुह्येश्वरी ट्रेड लिङ्कको गोदामलाई तीन लाख रुपियाँ जरिबाना गरेर सिलबन्दी फुकुवा गरेको हो ।

विभागको अनुगमन टोलीले गएको असोज ३ गते लेबल नभएको ७० हजार केजी चिनीसहित कुलेश्वरमा रहेको गुह्येश्वरी ट्रेड लिङ्कको गोदाममा सिलबन्दी गरेको थियो ।

सो फर्र्मलाई कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार अनुसन्धान हुनुपर्ने हो तर गोदाम सिल गरेको १४ दिनपछि विभागले फर्मलाई उपभोक्ता संरक्षण ऐन बमोजिम तीन लाख रुपियाँ मात्रै जरिबाना गरेर सिल खोलेको भन्दै व्यापक विरोध भएको छ ।

यता विभागका निर्देशक आनन्द पोखरेलले चिनीको गोदाम कानुनको सबै प्रक्रिया पूरा गरेर नै सिलबन्दी फुकुवा गरिएको जानकारी दिनुभयो ।

जरिबाना गराएर चिनीको गोदाम खोलेको बताउँदै उहाँले भन्नुभयो, “चिनी खानयोग्य छ । लेबलबिनै बिक्री गर्ने उद्योगलाई जरिबाना गरिएको छ ।”

ती थोक बिक्रेताले गोदाममा मौज्दात रहेको ७० हजार दुई सय केजी चिनी सरकारी संस्थान मार्फत आमउपभोक्ताले सहज र सुपथ मूल्यमा प्राप्त हुने गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी वा साल्ट ट्रेडिङ कम्पनीलाई मूल्य अभिवृद्धि करसहित प्रतिकेजी १०१ रुपियाँ ५० पैसामा बिक्री गर्ने भन्ने सहमति भएको पनि विभागले जनाएको छ ।

काठमाडौँको सबैभन्दा ठुलो चिनी गोदाम भनिएको ट्रेड लिङ्कले बिना बिल महँगोमा चिनी बिक्री गरिरहेको आरोप लागेको थियो ।

व्यवसायी सन्तोष खेतानको उक्त फर्मले उद्योगहरूबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौँमा बिलबीजकबिना नै महँगो मूल्यमा बिक्री गरेको भन्दै नेपाल खुद्रा व्यापार सङ्घले विभागमा उजुरी गरेको थियो ।

 

gold
himalayan life insurance long ad