macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृतमा उप्रेती नियुक्त

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेती नियुक्त भएका छन् । कम्पनीको असोज १७ गते साँझ ५ बजे बसेको ७९औँ सञ्चालक समितिको बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको हो ।

कम्पनीले उप्रेतीलाई असोज १८ देखि लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो । उप्रेती यस अघि एनआईसी एशिया बैंक लिमिटेडको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए ।

उप्रेतीले भारतको क्ष्लInstitute of Chartered Accountants of India बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत  विशाल उप्रेतीको नेतृत्वमा थप उचाई लिने विश्वास कम्पनीले लिएको छ ।

१८ असोज २०८०, बिहीवार ०६:१३ बजे प्रकाशित

NTA long ad