macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ को बिन्दुमा

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।

आज दुई सय ८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता शेयर ५८ हजार सात सय ४१ पटक खरिदबिक्री हुँदा एक अर्ब १८ करोड ९९ लाख ३१ हजार तीन सय ८५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बैङ्किङ समूहको उपसूचक सामान्य अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ५२ र जलविद्युत समूहको उपसूचक एक दशमलव ३७ प्रतिशतले बढेको छ ।

मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ६१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको छ करोड ९३ लाख ६३ हजार एक सय २२ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नबिल ब्यालेन्स फन्ड(२ को तीन लाख १५ हजार चार सय २२ कित्ता शेयर किनबेच भएको छ ।

१८ असोज २०८०, बिहीवार ०६:१९ बजे प्रकाशित

NTA long ad