stcnepal long ad
ime life insurance
global ime bank long

थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७६२ पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार स्याङ्जाका एक ५८ बर्षिय पुरुषको कोरोना भाइरसको कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थप भएको संख्यासँगै कूल संक्रमित ३७६२ पुगेको छ भने मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितहरुमा २९४ जना पुरुष र २० जना महिला छन् । सोमबार कूल ४७६६ वटा नमुनाको पिसिआर परिक्षण गरिएकोमा सो मात्रामा कोरोना भाइरस पुष्टि भएको हो । यद्यपि यो तथ्याङ करिब एक साताअघि संकलन गरिएको नमुनाको परिक्षण गरिएको नतिजा हो । देशका विभिन्न भागमा रहेका क्वारेन्टाईन तथा अस्पतालमा संकलन गरिएको नमुनाको परिक्षणको क्रममा कोरोना भाइरस पुष्टि भएको हो ।

prabhu mahalaxmi
kumari