stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकी डलरको भाउ उच्च विन्दुमै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । सोमबार एक अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ ६४ पैसा र बिक्री दर १२१ रुपैयाँ २४ पैसा तोकिएको छ । कोरोना भाइरस संक्रमण बढ्ने क्रम नरोकिंदा लगानीकर्ता अमेरिकी डलर सञ्चय  गर्नतर्फ आकर्षित भइरहेका छन् ।

जसका कारण डलरको भाउले पनि उचाई नै कायम गरिरहन सकेको हो । यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम र सेयर मूल्य घटेको छ । तर सुन र डलर भने माथि लागेका छन् ।

कोरोनाको मनोवैज्ञानिक त्रासका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको अवस्था छ । यस्तो बेला लगानीकर्ता डलरतर्फ आकर्षित भएका हुन् । यसैबेला भारतीय रुपैयाँ पनि कमजोर भएको छ ।

यसको प्रत्यक्ष प्रभावस्वरुपः नेपालमा पनि डलरको भाउ चुलिएको अर्थविद्हरुको भनाई छ ।

prabhu mahalaxmi
kumari