stcnepal long ad
global ime bank long

नबिल बैंकको ‘नबिल जेन-एन एकाउन्ट’ सञ्चालनमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । नबिल बैंकले ‘नबिल जेन–एन एकाउन्ट’संचालनमा ल्याएको छ । पृथक, समयानुकुल तथा प्रबिधिमैत्री सेवामा अग्रणी भूमिका खेलेको यस बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै, स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले, विधुतिय प्रणालीलाई प्रोत्साहन गर्दै ‘नबिल जेन–एन एकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।

‘नबिल जेन–एन एकाउन्ट’ ग्राहकको माझ सहज तथा सरल बैंकिङ्गको अनुभुती गराउने उदेश्यले आफ्नै घरमा बसेर खाता खोल्न सकिने, आकर्षित ब्याज सहितको सुविधा सम्पन्न बचत खाता हो । यसमा बैंकले थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोवाइल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, अनलाइन ट्रान्जेक्सन र डेबिट कार्ड, क्रेडिट कार्ड, एनटीसी–एनसेल २ जीबी डबटब प्याकेज निःशुल्क जारी गरेको छ ।

घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्ययभार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केहि आर्थिक सहयोग समयमै पुरयाउने उदेश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने बैंकले जनाएको छ ।

‘नबिल जेन–एन एकाउन्ट’ नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको छ । १८ बर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोलि यसको लाभ लिई ढुक्क हुन सक्नेछन । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गर्नेमा नबिल बैंक बिश्वस्त छ ।

IME Lifesidebar
kumari