stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

यातायात व्यवस्था कार्यालयका चार प्रमुख सहित १७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जना विरुद्ध राजश्व हिनामिना गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कार्यालयमा सङ्कलित राजश्व हिनामिना भइरहेको भन्ने उजुरीमाथि छानबिन हुँदा तथ्यगत विवरण, प्रमाण समेतका आधारमा कार्यालय प्रमुखसहितले गैरकानूनी काम गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन कार्यालय प्रमुख नयराज नेपालविरुद्ध रु एक करोड आठ लाख २९ हजार ६९ बराबरको बिगो असुलउपर गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन कार्यालय प्रमुखत्रय तीर्थराज लम्साल रु तीन करोड ३० लाख ७९ हजार ३७३, गोपाल थपलिया रु एक करोड ३० लाख ७२ हजार १५३ र भूपेन्द्र राईविरुद्ध रु ५६ लाख १२ हजार ५४७ बराबरको बिगो असुल गर्न माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै लेखा अधिकृत टीकाराम अधिकारी रु एक करोड २५ लाख ४८ हजार, लेखापाल सुरेश अधिकारी रु तीन करोड ७२ लाख ४४ हजार ७५५, तत्कालीन लेखापालहरु रुद्रप्रसाद दाहाल रु तीन करोड ४८ लाख ९३ हजार २१६, अर्जुन भट्टराई रु दुई करोड १७ लाख ३२ हहजार ४७३ र कृष्णप्रसाद कट्टेल रु ७३ लाख ६२ हजार ४५५ बराबरको बिगो दाबी गरिएको छ ।

यसैगरी कम्प्युटर अपरेटरहरु सुजन राई रु २२ लाख ४४ हजार ३३६, राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी र हरिमदन ढुङ्गेलविरुद्ध समान रु पाँच करोड ९४ लाख ९८ हजार ९३१ बराबरको बिगो दाबी गरिएको छ ।

कम्प्युटर अपरेटर दीपेन्द्रकुमार मण्डल रु एक लाख ४६ हजार ५२६, मैयाँकुमारी चापागाईं रु २२ लाख ४४ हजार ३३६ र रबिनकुमार विश्वासविरुद्ध रु ४५ हजार ४६१ बराबरको बिगो दाबी गरिएको छ ।

prabhu mahalaxmi
kumari