citizens life insurance long ad
stcnepal long ad
national life

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब ५० एमबिबिएस चिकित्सक उत्पादन हुने

Prabhu Insurance Long Ad

जुम्ला । नेपालकै दुर्गम स्थानमा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अब वर्षमा ५० जना एमबिबिएस चिकित्सक उत्पादन हुने भएका छन् ।

चिकित्सा शिक्षा आयोगले हालै निर्धारण गरेको सिटमा प्रतिष्ठानले ५० जना नयाँ विद्यार्थी भर्ना गर्न पाउने भएको हो । यसअघिको कोटामा ३० सिट मात्रै थियो ।

२० सिटबाट चिकित्सा शिक्षाको स्नातक  पढाउन थालेको प्रतिष्ठान अब चौथो ब्याचको भर्ना लिँदै छ । सुरुको वर्ष २० र त्यसपछिका दुई वर्षमा ३०–३० जना भर्ना लिएर एमबिबिएस पढाइरहेको छ ।

प्रतिष्ठानमा अहिले ९० जना शिक्षक(प्राध्यापक छन् । दैनिक ६ सयजनासम्म बिरामी उपचारका लागि पुग्छन् । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भन्नु भयो, ‘सञ्चालनमा आएको छोटो समयमै एमबिबिएसमा ५० जनाको सिट पाउनुलाई महत्वपूर्ण उपलब्धि मानेका छौँ । गुणस्तरलाई विशेष ध्यान दिएर अब केही वर्ष ५० सिट मात्रै पढाउने योजना छ ।’

प्रतिष्ठानले बिएमएस, बिफर्मा, एमडी–एमएसलगायतका विभिन्न विधाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै वर्षबाट बिएस्सी नर्सिङको पढाइ पनि सुरु गर्ने गरी पहिलो वर्ष २० जनालाई भर्ना लिने उपकुलपति डा. रावलले जानकारी दिनुभयो ।

उहाँले भन्नु भयो, ‘दुर्गम र पिछडिएको क्षेत्रमा सञ्चालित प्रतिष्ठान संसारकै एक नमुना बन्ने बाटोमा छ । तर, यति धेरै प्रगति गरिसक्दा पनि सरकारको अपेक्षित सहयोग भने पाएका छैनौँ ।’

himalayan life insurance
igi long