म्यानमार एयरफोर्सको जहाज २६ जना नेपाली लिएर काठमाडौं आइपुग्यो

आर्थिक सञ्जाल
काठमाडौं । लकडाउनपछि पहिलो पटक औपचारिक रूपमा नेपालीहरू स्वदेश फिर्ता भएका छन् ।
शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।
विमानस्थल कार्यालयका अनुसार पौने ११ बजे म्यानमार एयरफोर्सको जहाज २६ जना नेपालीलाई लिई काठमाडौं अवतरण भएको हो ।
म्यानमार सरकारले आफ्नै खर्चमा यी नेपालीहरुलाई स्वदेश फर्काएको हो । आजै युएईबाट पनि नेपाली कामदारहरू अपरान्ह नेपाल आउँदैछन् ।