citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

सानिमा लाईफको ग्राहकलाई मोबाइल एपको सुविधा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको मोबाइल एप मार्फत बीमितले आफ्नो विवरण घर बसेर हेर्न मिल्ने सुविधा थप गरिएको छ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा आफ्ना बीमितहरुले घर बसेर सानिमा लाईफको मोबाइल एप मार्फत आफ्नो विवरण आफै हेर्न सकिने सुविधा एपको सञ्चालन गरेको हो ।

सानिमा लाईफको एप सजिलै गुगल प्ले स्टोर बाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ ।  पोलिसी नम्बर र प्रस्तावकको जन्म मिति राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिने छ ।

यस एप मार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

साथै सानिमा लाईफको यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुको बारे विस्तृत जानकारी,Sanima Advisors Portal र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि उपलब्ध छ ।

बीमा योजना खरिद गरिसकेपछि आफ्न विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधिराख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भ सँगै समाप्त भएको कम्पनीको भनाइ छ ।

यसका साथै कम्पनीले घरमै बसेर  e-Sewa, Khalti, Connect IPS, Cell-Pay,  लगायतका डिजिटल बैङ्किङ्ग सुविधा मार्फत बीमा शुल्क तिर्न सकिने गरी आफ्नो एपमा नयाँ सुविधा थप गरेको छ ।

gold
himalayan life insurance long ad
kumari bank