Everest Bank
nabil bank
national life
stcnepal long ad

आज बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट हुँदै

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । आज चैत ३ गते बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आज बिहान ११ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

यता, बिपिडब्लुको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २०७.१० गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

यसमा १५ लाख ३२ हजार ९७३ जनाले कुल १ करोड ६७ लाख ६५ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ८ हजार ९५ जनाले मात्र सेयर हात पार्नेछन् ।

बाँकी १५ लाख २४ हजार ८७८ जनाको भने हात खाली हुनेछ । बिपिडब्लु लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३
प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो ।

जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता सेयर निष्कासन गरिएको हो । यसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।

जसमध्ये १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो ।

यो आइपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०७८ चैत ३० गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ चैत २८ गतेसम्म बाहल रहनेछ ।

३ चैत २०७९, शुक्रवार ०९:११ बजे प्रकाशित

stcnepal long ad