sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

लाभांश वितरणमा नयाँ व्यवस्था

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अबदेखि लघुवित्त वित्तीय संस्थाले २० प्रतिशतभन्दा बढी लाभांश घोषणा गर्दा ५० प्रतिशत जगेडा कोषमा जम्मा गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले ‘घ’ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ संशोधन गरी यस्तो व्यवस्था गरेको हो ।

वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश ) नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा उल्लेख छ ।

यसअघि लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्नुपर्ने व्यवस्था थियो । नगद लाभांश लघुवित्तकोे २०७८ असार मसान्तमा कायम बचतरनिक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था थियो ।

यस्तो नगद लाभांश इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाको २०७८ असार मसान्तमा कायम बचतरनिक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा कम नहुने व्यवस्था थियो ।

लघुवित्तले खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा कम भएका लघुवित्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था थियो ।

gold
prabhu bank
nawakantipur long