डिप्रोक्स लघुवित्तको नाफा घटे

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा डिप्रोक्स लघुवित्तको खुद नाफा १५.८३ प्रतिशत ले घटेर ४३ करोड ६१ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ५१ करोड ८१ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने बढेको छ ।
खुद ब्याज आम्दानी ३.४७ प्रतिशत ले बढेर १ अर्ब २ करोड ११ लाख १ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २३.४० प्रतिशत ले बढेर ६२ करोड १४ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा डिप्रोक्स लघुवित्तको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १७ पैसा छ ।
२६ वैशाख २०७९, सोमवार ०७:१६ बजे प्रकाशित