stcnepal long ad
ime life insurance
global ime bank long

अब बैशाख २७ गतेसम्म शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने समयावधि थप

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी शेयरमा आवेदन दिने समयावधि थप भएको छ । लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज भएपछि बैशाख २० गते ईद पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकोले उक्त मिति लम्ब्याएर अब बैशाख २७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

कम्पनीले वैशाख १९ गतेदेखि ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको हो । कम्पनीले यसअघि २०७८ चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको उक्त शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको हो ।

 

ईच्छुक खरीदकर्ताहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगरका साथै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढीबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

 

prabhu mahalaxmi
kumari