stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

मिर्मिरे लघुवित्तको नाफा १७ करोड ४९ लाख रुपैयाँ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मिर्मिरे लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १८.६४ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले १४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४५.०१प्रतिशत र सञ्चालन नाफा २७.२७ प्रतिशत ले बढेको छ ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको निक्षेप संकलन र कर्जा लगानीमा क्रमशः ३५.७८ प्रतिशत र ३४.४५ प्रतिशत ले विस्तार भएको छ । यसको खराब कर्जा पनि घटेर १.९४ प्रतिशत मा झरेको छ ।

मिर्मिरेको प्रतिसेयर आम्दानी भने ४ रुपैयाँ ९६ पैसाले घटेर ४४ रुपैयाँ ६९ पैसा कायम भएको छ। यसको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ५४ पैसा छ ।

prabhu mahalaxmi
kumari