stcnepal long ad
global ime bank long

साना किसान विकास लघुवित्तको साधारण सभा हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । साना किसान विकास लघुवित्त संस्थाको २० औँ वार्षिक साधारणसभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु भएको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्ता पुँजीको कुल २६.३१५७ प्रतिशत लाभांश अनुमोदन गर्ने भएको छ। जसमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५७ प्रतिशत नगद लाभांश छन्।

बोनस सेयर वितरणपछि जारी तथा चुक्ता पुँजी बढ्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको आर्थिक, वार्षिक लगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले गत पुस ५ गतेबाट पुस १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ पुस ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउने र सभामा भाग लिन योग्य भएका छन्।

IME Lifesidebar
kumari